अत्तरिया : प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरमा स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार मत कटाएका छन् । जारी मत गणनामा उनले ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले भने ९ हजार ७७३ मतसहित अग्रता कायम गरेका छन् । देउवाले ढकाललाई ४ हजार मतान्तरले पछाडि पारेका छन् ।
प्रारम्भिक मतगणनाको क्रममा तेस्रो स्थानमा रहेका सागर पछिल्लो परिणाम अनुसार दोस्रो स्थानमा रहेका छन् । यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २ हजार ६९४ मत ल्याएका छन् । साथै राप्रपका कर्णसिंह रावलले १ सय ६९ मत ल्याएका छन्।