कैलाली ५ मा एमालेका नारद मुनीको अग्रता कायमै

अत्तरिया : कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार नारद मुनी रानाले अग्रता कायमै राखेका छन् ।

चार हजार ८४ मत गणना हुँदा एमालेका रानाले एक हजार चार सय ५१ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले एक हजार एक सय ९२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा पाँच सय ४३ मत ल्याएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.