रास्वपाको नीति के हो ? हाहाहुहुमा देश चल्दैन : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नभई यो मामुली कुरा भएको बताएका छन्। धमाधम चुनावी मतपरिणाम आइरहेको बेला बिहीबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यो निर्वाचनमा स्वतन्त्र पार्टीको उदय भएको नभई यो मतपरिणाम आउनु सामान्य कुरा भएको प्रतिक्रिया दिएका हुन्।
चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति व्यक्त गरेका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे ओलीले यो मामुली कुरा भएको बताए। उनले भने, ‘त्यो ठूलो कुरा होइन, मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गलत बाटोतिर लैजाँदै हुनुहुन्छ,’ उनले थपे, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हाहाहुहुमा त देश चल्दैन। हा हुमा देश लैजाने कुरा नेपालको हितमा छैन।’

ओलीले सञ्चचारकर्मीसँग भने, ‘परिणामका बारेमा पछि विश्लेषण गरौंला। विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ चुनावमा सत्ताको दुरूपयोग गरिएको ओलीले आरोप लगाए।

उनले भने, ‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए। आतंक फिजाउने प्रवृत्ति देखिए। हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो, सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ।’

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.