अत्तरिया : मंसिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा आज शनिबार पुनः मतदान हुँदैछ । स्थगित भएको नन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सुर्यबहादुर थापाले जानकारी दिए । विहान ७ बजे देखि मतदान सुरु भएको हो । मतदान शान्तिपूर्ण रुपमा भईरहेको उनले बताए ।
मंसिर ४ गते एमाले र काँग्रेस पक्ष बीच भएको झडपले मतदान स्थगित भएको थियो । बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ ।