सुकुम्बासी बस्तीमा डोजर चलाउन खोज्दा थापाथली क्षेत्र तनावग्रस्त

काठमाडौं, १२ मंसिर : थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा झडपको अवस्था सिर्जना भएको छ। उक्त क्षेत्रमा सुकुम्बासी बस्तीका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन्। नीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नाराबाजी गरिरहेका छन्। अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले कार्तिक २५ गते सूचना जारी गर्दै बागमती किनारका सुकुम्बासी बस्ती हटाउन १० दिनको समय दिएको थियो। उक्त निर्णयको सुकुम्बासीहरुले निरन्तर विरोध गर्दै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.