अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालको अध्यक्षमा डा. नरबहादुर मौनी नियुक्त भएका छन् । उनलाई नगरपालिका नगरप्रमुख वीरेन्द्र भट्टले अध्यक्ष नियुक्त भएको पत्र बुधबार ह्स्तान्तरण गरेका हुन । अस्पतालको व्यवस्थापकीय सुधार को लागि उनलाई जिम्मेवारी दिइएको हो ।
त्यस्तै समितिमा ६ जना सदस्य रहेका छन । जसमा वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, अत्तरिया उद्योग बाणिज्य संघका सदस्य देवराज भट्ट, नगरप्रमुखले तोकेका स्थानीय समाजसेवी देवेन्द्र राज जोशी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, मालाखेती अस्पतालका प्रमुख डा. अन्वेश कोइराला सदस्य सचिव रहेका छन । एक जना महिला सदस्य भने मनोनय गर्न बाँकी रहेको छ । समितिमा नगर प्रमुखलाई संरक्षकको रुपमा राखिएको छ । नव नियुक्त अध्यक्ष डा. मौनी अत्तरियामा रहेको पदमा अस्पतालका प्रबन्ध निर्देशक र रेडक्रम उपशाखा अत्तरियाका अध्यक्ष समेत हुन ।

अध्यक्षको कार्यकाल ५ को रहने कानुनी व्यवस्था रहँदै आएको छ । अहिले अस्पताल नगरपालिकाको मातहत मा संचालन हुँदै आएको छ । अहिले अस्पतालमा तीन जना डाक्टरले सेवा गर्दै आएका छन् । नगरपालिकाले यसअघि ‘अस्पताल व्यवस्थापन समिति गठन निर्देशिक २०७९’ निर्माण गरी कार्यपालिका बैठकबाट पारीत गरेको थियो । सो निर्देशिकाले समितिको काम, कतव्य र अधिकार पनि निर्धारण गरेको छ ।