हत्या घटनाको विरोधमा एमालेद्वारा अत्तरियामा राँके जुलुस प्रदर्शन

अत्तरिया : नेकपा एमालेले कैलालीको गोदावरी नगरपाकिला अत्तरियामा राँके जुलुस निकालेको छ। बाजुरामा एमाले कार्यकर्ताको हत्या , बैतडीमा माया लुहार र धनगढीमा चेतना साउँदको मृत्युको बिरोधमा प्रदर्शन गरेको जनाएको छ ।
सरकारले यहाँ भैरहेका हत्या अपराधका घटना रोक्न नसकेको भन्दै बिरोध गरिएको एमाले नेता खम्व बुढाले बताए । जुलस बजार परिक्रमा गर्दै अत्तरिया चोकमा पुगेर समापन भएको थियो । जुलुसमा एमाले नेता कार्यकर्ताहरु को सहभागीता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.