गोदावरी नगरपालिकाले सुरु गर्यो अतिक्रमण गरि बनाईएका संरचना भत्काउन कार्य (फोटोफिचर)

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले सडकको क्षेत्राधिकार भित्र बनेका संरचना हटाउन कार्य सुरु गरेको छ । नगरपालिकाले आँफै हटाउन–पटक पटक सुचना जारी गर्दा पनि अटेर गरेपछि डोजर प्रयोग गरेर खाली गराउन सुरु गरेको हो ।


आइृतबार देखि नगरपालिकाले डोजर प्रयोग गरि संरचना हटाउन फिल्डमा नै कर्मचारी खटाएको हो । सडकको बीच भागबाट २५ मिटर दाँया र बाँयाका संरचना हटाईने नगरपालिकाले जनाएको छ । अतिक्रमण हटाउन मेयर विरेन्द्र भट्ट आफै फिल्डमा खटिएका छन् ।


नगरप्रमुख भट्टले गोदावरी नगरलार्ई सून्दर र व्यवस्थित बनाउनका लागी अतिक्रमित संरचना हटाउने काम सुरु गरेको बताए । ‘बजार व्यवस्थापनका लागी पहिला हामिले ठेलाछाप्राहरुको व्यवस्थापन गर्ने काममा ध्यान दिएका थियौ, उनीहरुलाई बसपार्कको खाली क्षेत्रमा राखेका पनि छौ’ उनले भने ‘अब बजारमा सडक क्षेत्र अतिक्रमण गरी बनाईएका पक्की र केही टिनका संरचनाहरु भत्काउने काम सुरु गरेका छौ, यसले बजार व्यवस्थीत गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’


उनले अतिक्रमीत संरचना हटाउन ४ पटक सम्म सुचना जारी गरीसकेपनि अटेरी गर्दा अहिले डोजर लगाएर संरचना भत्काउन लागेको बताए । उनले जमिन अभावका कारण खोकाछाप्राहरु व्यवस्थीत हुन नसकेकाले तिनिहरुको व्यवस्थापनका लागी छलफल चलिरहेको र कुनै स्थान खोजेर तत्कालै व्यवस्थापन गरिने बताए ।


गोदावरी नगर भित्र पर्ने अत्तरिया बजार सुदूरपश्चिम कै मुख्य बजार भएपनि बिना मापदण्डका संरचनाले भरीभराउ हुँदा कुरुप बन्दै आएको थियो । नगरपालिकाको यो कार्यमा सघाउन उसले सबैमा अनुरोध गरेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.