अत्तरिया : धनगढीको एक सामुदायिक वनबाट भरूवा बन्दुक बरामद गरिएको छ । उपमहानगरपालिकास्थि वडा नम्बर ६ को समैती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । हिजो दिउँसो प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारेको थियो ।
सोही सामुदायिक वनका अध्यक्षको सूचनाको आधारमा बन्दुक बरामद गरिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।