गोदावरी नगरपालिकाको मापदण्ड र सडक डिभिजनको मापदण्ड फरक परेको भन्दै स्थानीयको असन्तुष्टी

अत्तरिया : गोदावरी नगरपालिकाले सडकपेटिमा बनेका संरचना हटाउने अभियान निरन्तारता दिएको छ। नगरपालिकाले स्थानीयलाई आँफै हटाउन पटक–पटक सुचना मार्फत अनुरोध गर्दा पनि वेवास्ता गरेपछि नगरले डोजर चलाएको हो । सडकको बिच भागबाट २५ मिटर दाँया र बाँयाका संरचना हटाईने नगरपालिकाले जनाएको हो ।

यस अघी सडक डिभिजनले पनि सडकपेटिमा बनेका संरचना हटाएको थियो । तर सडक डिभिजनले हटाएको मापदण्ड र नगरपालिकाले हटाउने मापदण्ड केही ठाउँमा फरक परेको भन्दै केही स्थानीयले असन्तुष्ट ब्यक्त गरेका हुन । धनगढी रोडका झण्डै ३७ घरधनीले निष्पक्ष नाप जाँच गरिपाउँ भनेर निबेदन दिएका छन । बिगतमा सडकले हटाइसकेका केही संरचनामा पुनः नगरपालिकाले सडकमा बनेका छज्जाहरु हटाउने थालेको छ । गोदावरी नगरपालिकाका प्रबक्ता गोपालदत्त भट्टले नापजाँच गर्ने काम नगरपालिकाका जनप्रतिनिधिको नभएर सरकारी नियम अनुसार भएको बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.