कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

धनगढी : कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर (१ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको हो । अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.