बाजुरामा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाबाट १ की गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी पबित्रा कडाराको हवाइ उद्धार गरिएको हो। १८ वर्षीया कडारालाई हेलिकोप्टरबाट सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए।

सुत्केरी ब्यथा लागेपछी नजिककै स्वास्थ्य सस्थामा लगिएको भए पनि उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.