मालाखेती अस्पतालमा पहिलो पटक मृत मानव शरिर चिस्यान यन्त्र

अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरिर चिस्यान यन्त्र राखिएको छ ।
गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा पहिलोपटक शव चिस्यानकेन्द्र राखिएको छ । अत्तरियाका व्यवसायी मनोज अग्रवालले अस्पताललाई उक्त यन्त्र प्रदान गरेका हुन । उनले स्वर्गिय बुवा मुलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र प्रदान गरेको बताए ।
बुबाको दुई महिनाको पूण्य तिथिको अवसरमा मालाखेती अस्पताललाई झण्डै दुई लाख पर्ने शव सुरक्षित यन्त्र हस्तान्तरण गरेका हुन । तीन दिन अगाडि मनोज अग्रवाल दाजुभाईहरुले धनगढीमा समेत यस्तो मेसिन हस्तान्तरण गरेका थिए ।
गोदावरीका मेयर बीरेन्द्र भट्ट मार्फत अस्पतालाई हस्तान्तरण गरेका छन् । विगत २५ बर्ष देखि अत्तरियामा व्यवसायी गर्दै आएका अग्रवालले दुई महिना अगाडि उनका बुबाको निधन भएको थियो । व्यवसायी अग्रवाल धार्मीक एंव सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन् । उनले आफ्नो बुवाको मृत्यु हुँदा दुई दिन घरमा राख्नुपर्दा भारतबाट मेसिन भाडामा ल्याउनुपरेको बाध्यता सुनाए । यस्तो समस्या अरुलाई नपरोस भनेर शव संरक्षण मेसिन सहयोग गरेको उनले बताए । ‘२ महिना अघि बुवा बित्नुभएको थियो, दाजुहरु बाहिर बस्ने भएका कारण बुवाको पार्थिव शरिर राख्नलाई मैले यस्तो यन्त्र खोजेको थिए, नेपालमा नहुँदा भारतको पलियाबाट यो यन्त्र भाडाँमा ल्याएर बुवाको पार्थिव शरिर राखेको थिए’ उनले भने ‘बुवाको निधन पश्चात अत्तरियामा पनि यस्तो यन्त्रको आवश्यकता महसुस गरेर मैले भारतकै बरेलीबाट यो यन्त्र ल्याएको हुँ ।’
यस्तो यन्त्रले हप्ता दिनसम्म पनि शवलाई सुरक्षित राख्न मिल्नेछ । मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख भट्टले अस्पताललाई नभएर नगरलाई ठूलो सहयोग पुग्ने बताए । आवश्यक परेको वेला जसले पनि प्रयोग गर्न सक्नेछन् ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा. नरबहादुर मौनीले स्रोत साधनको नहुँदा पनि सबैको पहुँचमा पुर्याउने प्रयास भईरहेको बताए । यसैबिच अत्तरियाकै होटल व्यवसायी हरि गुराँगाईले अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरे । उनले अस्पतालमा अक्सिजन नहुँदा छट्पटाउनुपरेको अवस्था नदोहोरियोस भनेर अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.