अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । गोदावरी नगरपालिका–१ अत्तरिया, धनगढी रोडमा मनिसा पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका–९ का २७ वर्षीय वीरेन्द्र मल्लको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मल्लको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना मोटरसाइकलमा सवार २६ वर्षीय जीवन देउवा घाइते भएका छन् । उनको अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ । सोमबार राति करिब पौने ९ बजे मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु