बाजुराको त्रिवेणी–७ का वडाध्यक्ष निलम्बनमा

बाजुरा, ५ पुस : बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ । अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताए । जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा पुन निलम्बन फुकुवा हुने बताए ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । सरकारी वकिलको कार्यलय बाजुराले २४ जना विरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये १० जना मात्र प्रक्राउ परेका छन् । एक जना उपचारमा रहेकोले प्रहरीले ९ जनालाइ मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.