उद्योग वाणिज्य संघको अगुवाईमा इलाका प्रहरी कार्यालय मालाखेती​​​​​​​ घेराउ

अत्तरिया, ८ पुस : कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय मालाखेती उद्योग वाणिज्य संघको अगुवाईमा इलाका प्रहरी कार्यालय घेराउ गरिएको छ । सुनचाँदी व्यवसाय विकास सुनारमाथि गोली प्रहारका दोसीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै अत्तरिया उद्योग वाणिज्य संघको अगुवाईमा कार्यालय घेराउ गरिएको हो ।
घटना भएको पाँचदिन बितिसक्दा पनि प्रहरीले अझैसम्म केही नगरेको र आश्वासनसम्म नपाएको प्रदर्शनकारीको गुनासो छ । पुस ३ गते आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भएको थियो ।
मोटरसाइकलमा सवार दुई जनाले सुनारलाई गोली प्रहार गरेका थिए । एक गोली छल्न सफल भए पनि अर्को गोली लागेर सुनार घाइते भएर लडे भने डाँका समूहले उनको साथमा रहेको ३५ तोला सुन लुटेर फरार भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.