एलपीएल प्रतियोगिता : लिटल फ्लावर र भुवनेश्वरीको जित

धनगढी, २६ माघ : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन् ।
दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित ग¥यो । प्रतियोगितामा भुवनेश्वरीको यो दोस्रो जित हो ।
सैनिकले दिएको ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३.५ ओभरमा विकेट नगुमाई भेटायो । लोकेश जोशीले अविजित २० तथा विशेष नाथले अविजित ६ रन बनाउँदै सहज जित दिलाए । यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले १२.४ ओभरमा ३३ रनमा सबै विकेट गुमायो । विशाल ऐरले १८ रन बनाउनु बाहेक उसका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनान सकेनन् ।
भुवनेश्वरीका बलर खगेन्द्र ठगुन्ना एक्लैले ५ विकेट लिए जुन क्रममा ३.४ ओभरमा २ मेडन ओभर गर्दै ६ रन खर्चिए । उनी प्लेयर अफ द म्याच घोषित भए । यस्तै भारत चन्दले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन खर्चिए । कैलाश ऐरले १ विकेट लिए ।
बिहिबारको दोस्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीलाई ९ विकेटले पराजित ग¥यो । प्रतियोगितामा लिटल फ्लावरको यो लगातार तेस्रो जित हो ।
वेस्टर्न क्रिस्टलले दिएको १२८ रनको लक्ष्य लिटल फ्लावरले १२.४ ओभरमा १ विकेट क्षतीमा भेटायो । लिटल फ्लावरका ओपनर सुबोध ऐर र विपिन रावलले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । सुबोधले मात्र २८ बलमा ८ चौका र २ छक्का मद्दतले ५१ रन बनाए । विपिनले अविजित ५७ रन बनाए जुन क्रममा ३५ बलमा ९ चौका र १ छक्का प्रहार गरे। नरेन भट्टले अविजित १५ रन बनाए ।
यस अघि टस जितेर ब्याटिङ गरेको वेस्टर्न क्रिस्टलले २० ओभरमा ७ विकेट क्षतीमा १२७ रन बनायो । उसको लागि ओपनर डबल ऐरले सर्वाधिक ४६ रन तथा नीरज ऐरले अविजित २० रन बनाए । लिटल फ्लावरका बलर सचिन भट्टले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए । सुबोध ऐरले २ तथा रोशन रावल र आशिष् सानुले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विपिन रावल घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जस अन्तर्गत बिहान ९ बजे सत्यवती एकेडेमी र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.