अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेपछि गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चहलपहल बढेको छ ।
विद्यार्थी नेताहरु क्याम्पसमा पुगेर विद्यार्थीहरुसँग प्रारम्भिक भेटघाट गरीरहेका छन् । विभिन्न पार्टी निकट विद्याार्थी संगठनका सभापतीमा आकांक्षी उम्मेदवारहरुले विद्यार्थीहरु सँग निकटता बढाउन थालेका छन् । धेरैपछि स्ववियु निर्वाचन हुने भएपछि नेतुत्वको लागी पनि थुप्रै विद्यार्थी नेताहरुले आकांक्षा देखाउन थालेका छन् ।
काँग्रेस निकट नेपाल विद्यार्थीसंघ (नेबिसंघ) बाट प्रारम्भिक सिनमा देबराज ओझा, एलआर ओझा, जगत महरा, सुधिर बलायर र भुबन महराले सभापती दाबी गर्ने नेताहरुको रुपमा परिचित छन् । उनीहरुले प्रचारप्रसार पनि शुरु गरेका छन् । एमाले निकट अनेरास्ववियुबाट पुष्पराज सुवेदीले सभापतीको लागी तयारी शुरु गरेका छन् । यस्तै राप्रपा निकट विद्यार्थी संगठन बाट दिवस भट्टले सभापतीको लागी तयारी थालेका छन् ।
माओबादी निकट अखिल क्रान्तिकारीबाट बम विक, नविन धामी लगायतले सभापतिमा दाबी गर्ने वाहिर आएको छ । यस्तै मोहन बैध निकट अखिल क्रान्तिकारीबाट पुष्पराज जोशीले सभापतीको लागी तयारी शुरु गरेका छन् । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा झण्डै २५ सय विद्यार्थी अध्यनरत रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै छ ।
सम्बन्धित पाेस्टहरु