खुला साइकल प्रतियोगिताको उपाधि विष्टलाई

कञ्चनपुर : शनिबार महेन्द्रनगरमा आयोजित ‘दोस्रो शुक्ला– दोधारा चादँनी साइकल यात्रा’ प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिका–३ का भुवन विष्टले हात पारेका छन्।
नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना र श्रीदल गुल्मको संयोजनमा भएको खुल्ला साइकल प्रतियोगितामा निर्धारित ४० किलोमिटर दुरी १ घण्टा ३५ मिनेट ३४ सेकेण्डमा पार गर्दै विष्टले उपाधी जितेका हुन्।

त्यसैगरी रणबम गण डडेल्धुराका सिपाही लालबहादुर गुरुङ्गले निर्धारित दूरी एक घण्टा ४० मिनेटमा पार गर्दै द्धितीय स्थान प्राप्त गरेका छन्। सोही गणका गणपति प्रमुख सेनानी वालमुकुन्द थापाले एक घण्टा ४५ मिनेटमा निर्धारित दूरी पार गर्दै तृतीय स्थान हासिल गरे। त्यसैगरी प्रतियोगितामा रणबम गणकै सिपाही मदन विकले चौथो र गुरुगोरख गुल्मका सागर चौधरीले पाँचौ स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेल साइकल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। साइकल प्रतियोगितामा कञ्चनपुर, डडेल्धुरा र कैलाली जिल्ला लगायतबाट ७० जनाको सहभागिता थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.