अत्तरिया : नेपाल साँस्कृतिक संघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरु सहितको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भेलाले प्रदेश समन्वय समिति गठन गरेको छ । भेलाले नेपाल साँस्कृतिक संघ केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) को संयोजकत्वमा १५ सदस्यीय प्रदेश समन्वय समिति गठन गरेको छ ।
जस्को सहसंयोजकमा गोबिन्द बिष्ट अछाम, सदस्यमा शंकरदत्त जोशी कञ्चनपुर,रामचन्द्र बोहरा बाजुरा, सरस्वती खडका भट्ट कैलाली,प्रेम बिबश चन्द बैतडी,सरस्वती दहाल कञ्चनपुर,चन्द्रा साउँद डोटी,जनक कार्की अछाम, सरिता साउँद खडायत डडेल्धुरा,दलबहादुर बोगटी कैलाली,बिष्णु भक्त खैर बझाङ, सरस्वती कुवँर दार्चुला,तर्कराज भट्ट कञ्चनपुर र सदस्य सचिवमा द्रोपती भट्ट मेघा लाई चयन गरेको छ । समन्वय समिति गठन संगै विभिन्न निर्णय सहित आफ्नो बैठक सम्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका संघका केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा बसेको भेलाले चैत्र मसान्तसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सम्पुर्ण स्थानीय पालिकामा सदस्यता बितरण संगै तदर्थ समिति गठन गरिसक्ने, बैशाख मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने लगायतका निर्णय गरेको छ ।