गायक सिद्धान्त राना मगर (सिडजी को नयाँ गीत ‘सरर’ आइतबार सार्वजनिक हुँदै

अत्तरिया : गायक सिद्धान्त राना मगर (सिडजी) को नयाँ गीत ‘सरर’ सार्वजनिक हुने भएको छ। आफ्नै लय, शब्द तथा संगीत संयोजनमा रहेको ‘सरर’ बोलको गीत आइतबार युनिकन रेर्कडस युट्युब च्यानल बाट सार्वजनिक हुने गायक मगरले बताए। गीतमा पुरस्कार खड्काको गितार वादन रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गणेश परियारले छायांकन गरेको गायक मगरले बताए।

गीतमा कलाकारले आफ्नो कला देखाउन गर्ने संघर्ष लाई देखाउन खोजिएको गायक मगरले बताए। उनले भने ‘कलाकारले गर्नुपर्ने संघर्ष लाई गीतमा देखाउन खोजेका छौँ’। गायक मगरले मिक्सिङ, मास्टरिङ तथा संगीत संयोजनमा सहयोग गर्ने उदय राज पौडेललाई विशेष धन्यवाद समेत दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.