डोटी : डोटी जिल्लाको एक घरभित्र बाघ पसेको छ । सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटीको घरमा बाघ घरभित्र पसेको हो ।
बाघ घरभित्रै पसेपछि स्थानिय त्रसित बनेका छन । घरभित्र पसेको बाघ नियन्त्रणमा लिन डिभिजन वन कार्यलय डोटीको टोली घटनास्थल पुगेको छ ।
बाघ गाउँमा प्रवेश गरेर घर भित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग भएको हो । अहिलेसम्म बाघले कुनै मानवीय क्षति भने नगरेको स्थानीयले बताएका छन ।
सम्बन्धित पाेस्टहरु