अत्तरिया : कैलालीको धनगढीमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। धनगढीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी प्रक्राउ परेका हुन्।
सवारी ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद ३ सय जरीवाना भई फरार रहेका धनगढी उप–महानगरपालिका– ४ का ६० बर्षीय आसवानी शर्मा पक्राउ परेका छन्। उनलाई जिल्ला अदातल कैलालीले २०५८ साल असोज १० गते सजाय तोकेको थियो। लामो समयदेखि फरार सूचिमा रहेका शर्मालाई आस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका शर्मालाई जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।