संघ र प्रदेशबाट आउने टुक्रे योजनाको अन्त्य गर्न माग

अत्तरिया : स्थानीय सरकारको समन्वय नगरी आउने प्रदेश र संघीय सरकारका टुक्रे योजनाहरुको अन्त्य हुनुपर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । बित्तीय संघीयता र स्थानीय तहको तर्जमा सुदूरपश्चिमस्तरीय कार्यशाला गोष्ठीका सहभागीले यस्तो औल्याएका हुन् ।
यसरी आउने योजनाहरुले गर्दा स्थानीय सरकारको जनप्रतिनिधिहरुलाई समस्या भएको कञ्चनपुरको भीमदत्त नगरापालिकाका उप प्रमुख निलम लेखक जोशीले बताइन । ‘प्रदेश र संघीय सरकारले एकदम कम रकमका टुक्रे योजनाका गर्दा स्थानीय जप्रतिनिधिहरुले गाली खानु परेकोछ’, उनले भनिन् । ‘कम बजेटमा निर्माण हुने योजनाहरु कमसल हुने । कतै भत्किने हुन्छ । कतै पीच सडक माथि घाँस उम्रिने । त्यसपछि दोष सबै हामीले वहन गर्नुपर्ने हुन्छ । यसको अन्त्य हुनुपर्दछ ।’
स्थानीय सरकारमा योजनाहरुको अनुगमन गर्ने जिम्मेवारी उप्रप्रमुख वा उपाध्यक्षलाई दिएको छ । तर, धेरै योजनाहरुको समन्वय नै नगरी आउने हुँदा गुणस्तरियतामा प्रश्न उठ्ने गरेको उनको भनाई रहेको छ । डोटीको सायल गाउँपालिका उपाध्याक्ष विमला बोहरा ओलीले योजनाहरुको अनुगमन नै नगरी भुक्तानी हुने गरेको बताइन । ‘तीन वटा सरकारले गरेको कामले देशमा सघन विकास हुन्छ भन्ने विश्वास गरिन्छ । यो शासन व्यवस्थाकोे सबल पक्ष यही हो । तर, यसका दुर्वल पक्ष पनि छन्, त्यो हो, टुक्रे योजना तथा कार्यक्रम गरेर पैसा सिध्याउने, वितरमुखी कार्यक्रम । यी दुवै काम जनमुखी छैनन्, देश र जनताको हितमा छैनन् । त्यसैले यस्ता कार्यक्रमलाई निरुत्साहित गर्नुपर्छ ।’ उनले भनिन् ।
वितरणमुखी कार्यक्रम निरुत्साहित गर्न वित्तिय आयोगले पहलगर्न आवश्यक रहेको उनको भनाई रहेको छ । साना योजनाको कनिका छर्ने पं्रवृत्तिको अन्त्य गर्न सेकमा मात्र दिगो विकासको परिकल्पना गर्न सकीन्ने उनले धारणा राखिन । कैलालीको जानकाकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले विकास योजनाहरुको सुचना प्रक्रिया लामो भएको गुनासो गरे । उनले स्थानीयतहमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा आउने बजेट अधुरा आउने गरेको बताए । ‘स्थानीयतहमा केन्द्रबाट राष्ट्रपति र प्रधानमन्त्रीको नाममा बजेट आउन्छन्’, उनले भने । ‘तर, त्यो पर्याप्त हुँदैन् । त्यसले गर्दा योजनाहरु अधुरा हुने गरेका छन् ।’ केन्द्रिय सरकारले दुर्गमका पालिकाहरुलाई ध्यानमा राखेर योजना दिन नसकेको बझाङ साईपाल गाउँपालिकाको उपाध्यक्ष डोल्मा तामाङले गुनासो गरिन । ‘सुगम र दुर्गम सबै स्थानीय तहलाई योजना दिँदा मुल्यांकन एकै तरिकाले गरिएको हुन्छ’, उनले भनिन । ‘दुर्गममा निर्माण सामग्रीको लागत नै बढी लाग्ने हुँदा धेरै योजनाहरु अधुरा रहने समस्या छ ।’ दुर्गमका पालिकाहरुलाई सहज हुने गरी कार्यक्रम ल्याउनुपर्ने उनले बताइन । बजेट विनियोजन गर्दा जोखिमयुक्त क्षेत्रलाई विशेष ख्याल वित्तिय आयोगसंग उनले माग गरिन । कार्यक्रममा वित्तिय आयोगका अध्यक्ष बालनन्द पौडेलले योजना बनाउँदा बजेटमा विशेष ख्याल गर्नुपर्ने सुझाए । ‘साधन सिमित स्रोत हुन्छन् । आवश्यकताहरु असिमित हुन्छन’, उनले भने । ‘त्यसले गर्दा योजनाहरु बजेटमा अट्ने मात्र बनाउनुपर्दछ ।’
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सहकार्यमा भएको कार्यक्रमा गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघको आयोजनामा भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.