अत्तरिया : चुरे गाउपालिका वडा नम्बर ६ को कार्यालय नजिकै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ। चुरे गाउपालिका वडा न. ३ मस्या आम थला बस्ने अन्दाजी ४५ बर्षीय पुष्कर सिजालीको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले जानकारी दिएको छ ।
सुपप्र ०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।