अत्तरिया : नेपाली कांग्रेसका सांसद वीर वहादुर बलायरलाई बोल्दाबोल्दै प्रतिनिधिसभा बैठकमा रोक लगाइएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका सांसद् बलायरलाई सभामुखले रोकेका हुन ।
उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोक्न अनुरोध गरे । बलायरले बैठकमा सुदूरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।
‘सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमा दुई तिहाइबाट तय गर्दा पनि अहिले सम्म केन्द्रिय सरकारले भोकाधिकार दिन नसकेको जटिल परिस्थिति सृजना भएको छ’ बलायरले भने । उनले यती भन्ने बितिकै सभामुखले माइक काटेका थिए । उनले आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले अनले आफ्ना कुरा रोक्न भनेका थिए ।