बझाङ : बझाङका एक युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ लामागडाका दीपक रावतको काठमाण्डौँमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
शुक्रवार राति सुपप्र ०१– ०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदाँ २३ वर्षीय रावतको मृत्यु भएको आफन्तले बताएका छन् । उनको घटना स्थलमा नै मृत्यु भएको नारद सिहँले बताए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।