चुरेमा जिप दुर्घटना, चार जना घाइते एकको अवस्था गम्भिर

अत्तरिया : कैलालीमा आइतवार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना भएको छ। जिल्लाको चुरे गाउँपालिकाको –६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना भएको हो। चुरे गाउँपालिका–६ का वर्ष १८ का भानु ठकुन्ना, वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी दुर्घटनामा परि घाइते भएका छन। घाइतेहरुको पदमा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परि घाइते भएका भानु ठकुन्नाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय फलटुडेले जानकारि दिएको छ। दुर्घटनामा परेका सबै जना माध्यमिक शिक्षा परीक्षा .एसइइ) दिइएर घर फकिरहेका मेलकट्टेश्वर माबिका बिद्यार्थी हुन्।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ। गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.