अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला सहित शिशुको मृत्यु भएपछि सोमबार राति सम्म नै तनाब भएको छ ।
आईतबार बिहान सुत्केरीका लागी अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई को मृत्यु भएको हो ।
अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै महिलाका आफन्तहरुले आज दिनभर प्रदर्शन गरे । उनीहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग समेत गरेका छन । दिनभर समस्या समाधानको लागी छलफल भएपननि सहमती नहुँदा मृतकका शब उठेको छैन।
समस्याको समाधानको लागी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट पनि अस्पताल पुगेका थिए ।
अस्पतालका डाक्टरहरुलाई भने सुरक्षाको लागी ईलाका प्रहरी कार्यालय मालाखेती ल्याइएको छ। स्थानीयले अहिले पूर्वपश्चिम राजमार्ग समेत अबरुद्ध पारेका थिए । प्रदर्शनकर्ताहरुले एक-दुई गाडिमा तोडफोड गरे ।