अत्तरिया : सशस्त्र प्रहरी बल नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमवार कैलाली कञ्चनपुरका विभिन्न गुल्म तथा विओपीहरुको अनुगमन गरेका छन।
सशस्त्र प्रहरी बलका इकाईहरुको निरीक्षण भम्रणका क्रममा सुदूरपश्चिम आएका अर्यालले कैलाली कञ्चनपुरका गण, तालिम शिक्षालय, गुल्म, सीमावर्ति ईलाकाहरुमा रहेका प्रस्तावित सीमा सुरक्षा गुल्म, बि.ओ.पि लगायतहरुको अनुगमन गरेका हुन। उनले सीमावर्ती ईलाकाहरुको अवलोकन गर्नुका साथै कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुलाई सारगर्भित निर्देशन समेत दिएका थिए।
सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालयमा अत्तरियामा सञ्चालन गरिएको स्वास्थ्य शिविरको पनि अवलोकन गरेका थिए। उक्त शिविरमा नेपाल ए.पि.एफ. अस्पतालबाट आएका प्रा.सशस्त्र प्रहरी नायव उपरीक्षक डा.अपूर्व श्रेष्ठ लगायत पद्मा अस्पताल प्रा.लि., अत्तरिया अस्पताल प्रा.लि. र सेती प्रादेशिक अस्पताल धनगढीबाट आएका जनरल मेडिसियन, नाक कान घाँटी, अर्थो सर्जन, गाईनो र मेडिकल अधिकृत चिकित्सकहरुले सेवा दिएका थिए।