अत्तरिया : धनगढीको माया मेट्रो हस्पिटलले ‘स्मार्ट माया मेट्रो एप’ सञ्चनलनमा ल्याउने भएको छ । नयाँ बर्ष २०८० बैशाख १ गतेबाट ‘स्मार्ट माया मेट्रो एप’ सञ्चनलमा ल्याउने अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए ।
‘स्मार्ट माया मेट्रो एप’ सञ्चालनमा आएपछि बिरामीले घरबाटै टिकट काट्न सक्ने, प्रयोगशाला परीक्षणको नतिजा घरबाटै थाहा पाउने, डाक्टरलाई भेट्ने समय घरबाट निश्चित गरेर अस्पतालमा पुग्नासाथ ओपिडिमा गएर उपचारको प्रक्रिया थाल्न पाउने सुबिधा प्राप्त गर्नेछन् ।
एपको सहायताले बिरामीले घरमै बसरे डाक्टरको परामर्श सेवा प्राप्त गर्नेछन् भने रकम भुक्तानीसँगै अस्पतालको सेवा सुबिधाको बारेमा पनि जानकारी पाउनेछन् । बैशाख १ गतेबाट एप सञ्चालनमा आउने र एपलाई थप परिस्कृत गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।