शल्यक्रिया गरेर निकालियो पेटभित्रको रक्सीको बोतल

अत्तरिया : धनगढीमा एक जना पुरूषको पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको छ। पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पतालमा जाँचका लागि पुगेका धनगढी (१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटभित्रको रक्सीको बोतल अस्पतालले शल्यक्रिया मार्फत निकालेको हो।

उनको पेटभित्रको बोतल सकुशल निकालिएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जानकारी दिए। बिहीबार दिउँसो मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भन्ने समस्या लिएर उनी आएका थिए। सूचना अधिकारी उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखियो।

मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन भयो। मेडिकलमा सामान्य उपचार गरे पनि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार घटनाबारे सोधपुछ गर्दा मगरले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.