धनगढी : नयाँ बर्षको अवसरमा नेपाल विधार्थी संघ धनगढी उपमहानगरस्तरिय समितिले सेती प्रदेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
नयाँ बर्षमा पीडामा रहेका बिरामीहरु संग खुशियाली साटासाट गर्न नेपाल विधार्थी संघ धनगढी उपमहानगरपालिका समितिद्वारा सेती प्रादेशिक अस्पतालमा फलफूल पानि वितरण गरेर विरामि संग नया बर्ष मनाएको नगर अध्यक्ष दिपेश बोहराले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नगर सभापति यज्ञराज उपाध्याय, नेविसंघ जिल्ला अध्यक्ष मनिष कुवंर, नेविसंघ पुर्व केन्द्रिय सदस्य सुमन केसी लगायत नेविसंघ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।