गौरीगंगामा करेन्ट लागेर एक जनाको मृत्यु

अत्तरिया : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजिपुरका ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो।

चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर धामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मुत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.