यी हुन् कक्षा ८ मा शुन्य नतिजा ल्याउने धनगढीका १७ विद्यालय

धनगढी : कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन् । आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ । बिगतमा आन्तरिक मुल्याकंनबाट बिद्यार्थीहरुको ग्रेड दिइने गरेपनि यस पटक उप महानगरले कडाइका साथ परिक्षा सञ्चालन गरेपछि १ संस्थागत र १६ सामुदायीक गरी १७ बिद्यालयको नजिता निल आएको हो । उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

धनगढी उप महानगरपालिकाले यस पटक आधारभुत तह अर्थात कक्षा ८ को परिक्षा सञ्चालनका लागी बिगत भन्दा फरक नियम बनाएको थियो । बिगतमा बिद्यालयहरुले आन्तरिक मुल्याकंनबाटै बिद्यार्थीहरुको नतिजा पठाउने भएपनि यस पटक उप महानगर आफैले कक्षा ८ को परिक्षा सञ्चालन गरेको थियो । फरक परिक्षा केन्द्र तोकेर कक्षा ८ को परिक्षा सञ्चालन गरेको उप महानगरले नतिजा निकै कमजोर ल्याएको छ । उप महानगरका १७ बिद्यालयहरुमा नतिजा शुन्य आएको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएको छ । उप महानगरले शुन्य नतिजा ल्याउने बिद्यालयको नाम सार्वजनिक नगरेपनि १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको जनाएको छ ।

शुन्य नतिजा ल्याउनेमा धनगढी उप महानगरपालिका १३ श्रीलकां स्थित नवज्योती आधारभुत बिद्यालय रहेको छ । यस बिद्यालयमा ४० जना बिद्यार्थीले कक्षा ८ को परिक्षा दिएकोमा सबैको ननग्रेड आएको छ । यस्तै धनगढी उप महानगरपालिका १३ राजपुर स्थित जनता राष्ट्रिय माबीकोपनि शुन्य नतिजा आएको छ । बिद्यालयमा १८ जनाले कक्षा ८ को परिक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको छ ।
धनगढी ६ मटियारी स्थित भैरवबाबा आधारभुत बिद्यालयबाट २५ जना बिद्यार्थीले कक्षा ८ को परिक्षा दिएकोमा ननग्रेड आएको छ । धनगढी ९ बगंराकटान स्थित सरस्वती आधारभुत बिद्यालयबाट परिक्षा दिएका १० जना मध्ये सबैको ननग्रेड आएको छ । यस्तै धनगढी ७ देवरिया स्थित शिव माबीबाट ३३ जना बिद्यार्थीले कक्षा ८ को परिक्षा दिएकोमा सबैको ननग्रेड आएको छ । धनगढी १७ स्थित भानु माबीमा अध्यायनरत ९३ जना बिद्यार्थीहरु सबैको ननग्रेड आएको छ ।

धनगढी १८ डमौलिया स्थित सञ्जन आधारभुत बिद्यालयमा अध्यायनर २९ जना बिद्यार्थी सबैको ननग्रेड आएको छ । धनगढी १६ भादामा रहेको दिपेन्द्र चारपाते माबीमा अध्यायनरत १६ जनामध्ये सबैको ननग्रेड आएको छ । धनगढी १४ फुलवारी स्थित शिवशंकर आधारभुत बिद्यालयमा अध्यायनरत २५ जना सबैको ननग्रेड आएको छ । धनगढी १४ एच गाउँ स्थित शिद्धार्थ आधारभुत बिद्यालयमा अध्यायनरत १७ जना सबै बिद्यार्थीको ननग्रेड आएको छ । धनगढी १८ एफ गाउँको खप्तडी आधारभुत विद्यालयमा ४२ जना बिद्यार्थीहरुले परिक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको छ ।
यस्तै धनगढी १८ स्थित ई गाउँको इन्द्रोदय आधारभुत बीद्यालयमा अध्यायनरत १८ जना सबै बिद्यार्थीको नतिजा ननग्रेड आएको छ । धनगढी १९ फुलवारी स्थित फुलवारी आधारभुत बिद्यालयमा अध्यायनरत ६२ जनामध्ये सबैको नतिजा ननग्रेड आएको छ । यस्तै धनगढी १२ जनकबस्ती स्थित नवदुर्गा आधारभुत बिद्यालयका २७ जना, धनगढी १२ दुर्गाबस्ती स्थित दुर्गा आधारभुत बिद्यालयका ३२ जना, धनगढी १२ कै जनकल्याण माबीका ७२ जना र धनगढी ३ बोराडाँडी स्थित मोडर्न स्कुलका १५ जना बिद्यार्थीमध्ये सबैको नतिजा ननग्रेड आएको छ ।

उप महानगरले तयार पारेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजाले धनगढीका विद्यालयहरुमा ठुलो हल्लीखल्ली मच्चिएको छ । विगतमा उपमहानगरलाई प्रभावित बनाएर ग्रेस दिन लगाएर सतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरू यो पटक उपमहानगरले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि धेरै विद्यालयहरूको नतिजा शून्य भएको हो ।
बिद्यालयहरुको नतिजा उल्टिएपछि शिक्षकहरु ग्रेडबृद्धीका लागी माग गरिरहेका छन् । उनिहरुले आज नगरप्रमुख गोपाल हमाललाई भेटेर बिद्यालयहरुलाई सच्चिने मौका दिएर आगामी दिनमा शिक्षा सुधार संगै उपमहानगरले प्रदान गर्ने सेवामा समेत सुधार ल्याउनुपर्नेमा शिक्षकहरुको जोड दिएका छन् ।

उप महानगरको शिक्षा सुधारका लागी कक्षा ८ को परिक्षामा कडाई गरेको उप महानगरले जनाएको छ । बिद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै उपमहानगरका मेयर गोपाल हमालले दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताएका छन् । साथै शिक्षा क्षेत्रको सुधारका लागी शिक्षकहरुलाई अवलोकन भ्रमण देखी क्षमता अभिबृद्धी लगायतका उप महानगरले गर्नुपर्ने आवश्यक कदम चाल्ने मेयर हमालले बताएका छन् । शिक्षा सुधारका लागी यो सबै भन्दा ठुलो मौका भएको बताउँदै हमालले अब सबैको ध्यान शैक्षिक सुधारमा रहनुपर्नेमा जोड दिए ।

उपमहानगरपालिकाले कक्षा आठको परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.