अत्तरिय गोदावरी नगरपालिकामा करिब साढे ७ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने भएको छ । नगरपालिकाले ७ हजार ३ सय ७७ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो । १२ महिनादेखी ५ वर्षमुनिका ६ हजार ५ सय ६० बालबालिकाहरुलाई खुवाईने छ ।
नगरपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमका लागी १ सय ५ जना स्वयमसेविकाहरु परिचालन गरिने छ । त्यसका साथै नगरमा रहेका १६ वटा स्वास्थ्य संस्थाहरुले भने कार्यक्रमको सञ्चालन, व्यवस्थापन र अनुगमनको कार्य गर्ने छ । नगरपालिकाले प्रत्येक वर्ष नियमित रुपमा उक्त औषधीहरु खुवाउदै आएको छ ।
भिटामिन ‘ए’ को कमी हुनसक्ने जोखिममा खासगरि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरु रहेकाले उनीहरुलाई नियमित रुपमा भिटामिन ‘ए’ को क्याप्सुल अनिवार्य खुवाउनुपर्ने जरुरी रहेको स्वास्थ्य शाखाका कर्मचारी कुँवरले बताए । उनका अनुसार बालबालिकामा मुख्यगरी कुपोषणको समस्या हुने र सो समस्या पेटमा पर्ने जुकाका कारण पनि हुने भएकाले भिटामिन ‘ए’ सँगै बालबालिकाहरुलाई जुकाको औषधी पनि खुवाउन लागिएको हो ।
६ महिनादेखि ५ वर्षसम्मका उक्त बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी विर बहादुर कुँवरले बताए । उनले भिटामिन ‘ए’ का साथै बालबालिकाहरुलाई जुकाको औषधी पनि खुवाईने बताए । उनले जुकाको औषधी भने उनका अनुसार देशव्यापी कार्यक्रम भएकाले नगरमा सरकारले तोकेको समयमै विभिन्न स्थानबाट औषधीहरु खुवाउने कार्यक्रम रहेको छ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागेको छ । सोही समयमा नगरका सबै वडाका विभिन्न स्वास्थ्य केन्द्र एवम् स्थानहरुबाट औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।
नगरपालिकामा रहेका महिला स्वास्थ्यस्वयमसेविकाहरुले आ–आफ्नो टोलहरुमा रहेका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने छन ।
सम्बन्धित पाेस्टहरु