धनगढी–५ को चार स्थानमा चिसो खानेपानीका धारा

अत्तरिया : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को चार स्थानमा चिसो खानेपानीका धारा जडान गरिएको छ।
वडा नम्बर ५ को कार्यालयको पाँच लाख ६० हजारको लागतमा चार स्थानमा चिसो खानेपानीका धारा जडान गरिएको हो। वडाध्यक्ष गजेन्द्र शाहीले गर्मीको समयमा वडावासीलाई चिसो खानेपानीको व्यवस्था गरिएको बताए।

उनले भने, ‘हामीले वडाका चार ठाउँमा चिसो खानेपानीको व्यवस्था गरेका छौ। अन्य चोकहरुमा पनि खानेपानीका धारा जडान गर्ने योजना छ।’ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को पिपल चौतारा, लव्ली चोक, यातायात र जाईमा धारा जडान गरिएको हो। कुलरसहितको धाराबाट चिसो पानी आउने उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.