तनहुँमा स्वर्णिम वाग्लेका बुबा चढ्ने कार तोडफोड

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आइतबार हुने उपनिर्वाचनमा तनहुँ–१ मा उम्मेदवार रहेका रास्वपाका डा. स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटल अगाडि बा. ११ च ४२५० नम्बरको रोकिराखेको कार गएराति तोडफोड गरिएको हो ।

कारको पछाडि बायाँतर्फको ढोकाको सिसा फोडिएको रास्वपा सभापति रवि लामिछानेको सचिवालय सदस्य प्रकाश सिग्देलले जानकारी दिए । वाग्ले सन्ताष होटलमा बसेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.