काठमाडौँ : प्रतिनिधिसभातर्फ रिक्त तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ। बिहान ७ बजेबाट तीनवटै निर्वाचन क्षेत्रमा मतदान जारी छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायत उम्मेदवार छन्। त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल लगायत उम्मेदवार छन्।
त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो। यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन्।