अत्तरिया: चितवन–२ को मतगणना चलिरहेको छ । सुरुवातमा इच्छाकामना गाउँपालिका१ र ५ को मतगणना भैरहेको छ । चितवन उद्योग संघ भरतपुरको हलमा मतगणना चलिरहेको छ । नतिजाको पर्खाइमा हलबाहिर बाक्लो संख्यामा सर्वसाधारण जम्मा भएका छन् । यहाँ आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेपछि मात्रै सुरु भएको हो ।
चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार छन् । रबि लामिछानेले ११६५ मत ल्याएका छन् । पहिले अग्रता बनाएका एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गर्दा कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याए ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिंगी रहेका छन् ।