अत्तरिया : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशको नेतृत्व गर्ने अवसर पाएमा छोटो समयमै अर्थतन्त्रमा कायपल्ट हुने दावी गरेका छन् । आज सोमबार धनगढीमा पार्टीको सुदूरपश्चि प्रदेशस्तरीय दुई दिने अगुवा भेला तथा सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।
शुशासन, विकास र सेवालाई उच्च प्राथमिकता कायम गरेर अगाडि बढ्नुपर्दछ भन्दै आएको उनले बताए । राप्रपा छोटो समय मात्र सरकारमा बस्दा पनि केहि आयमहरु छाडेर आएका उनको भनाई रहेको छ । देश पटक–पटक परीक्षणको सिकार भईरहेको उनले बताए ‘देश पटक–पटक परीक्षणको सिकार भईआएको छ’, उनले भने । ‘परीक्षण हुनबाट जोगाउनका लागि पनि सबै जुटन आवश्यक छ ।’
यस्तै, देशमा भ्रष्ट्रचारको अन्त्य नभएसम्म युवाहरुले देश भित्र गरीखाने वातावरण नबन्ने बताए । उनले आफ्नो पार्टीले भ्रष्ट्रचार गर्नु भनेको आमाको रगत खानु सरह भएको भन्दै आएको उल्ले गरे । देशमा अहिलेको व्यवस्थाले गर्दा परिवर्तन भएन भन्दै आएको पार्टी राप्रपा भएका बताउँदै अवका युवाहरुले भविष्य बनाउन निर्णय लिने वेला भएको धारणा व्यक्त गरे । देशमा संवैधानिक नियुक्तिमा भागमण्ड आधारमा हुने गरेको उनको आरोप थियो । पार्टीलाई चुनाव जिताउनमा कसको बढी योगदान त्यसैलाई पद दिने प्रवृत्ति रहेको उनले बताए । ‘योग्योता र क्षमता मरेको अवस्था छ’, उनले भने । ‘जसले पार्टीलाई निर्वाचनमा सहयोग गर्यो त्यसैका आधारमा नियुक्ति दिने गरेको छ ।’ आफुहरुले योग्योता क्षमताको आधारमा छनौट हुनुपर्दछ भन्दै आएको उनको दावी रहेको छ । वलियो संगठन बनाउन नसक्दा केहि कमजोरी भएको बताउँदै अव त्यस्ता त्रुटि संस्याएर अगाडि बढ्न आवश्यक रहेको उनले कार्यकर्तालाई निर्देशन समेत दिए । उनले पार्टीको विचारलाई तल्लो तहमा पुगाएर संगठन बलियो बनानउन आवश्यक रहेको औल्याए ।
त्यस्तै, कार्यक्रममा राप्रपाका वरिष्ष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले तीस बर्ष देखि बोक्दै आएको मुद्धा संवैधानिक राजसंस्था र हिन्दुराज्य नेपाललाई अगालेर आफु राजनीतिमा आएको उल्लेख गरे । राप्रपाको एजेण्डा देशमा नआउँदासम्म जतिसुकै नयाँ पार्टी आएसम्म स्थिायित्व नहुने उनको जोड छ । राप्रपा मात्र धर्म संस्कृतिको विकासमा लागको पार्टी भएको उनको दावी रहेको छ ।
दुई दिन सम्म हुने सम्मेलनमा ार्टीका आधारभुत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिने राप्रपाले जनाएको छ ।