बझाङ छविस पाथिभराको एम्बुलेन्स धनगढीमा अलपत्र

धनगढी। बझाङको छविस पाथिभरा गाउँपालिकाको एम्बुलेन्स कैलालीको धनगढीमा अलपत्र छोडिएको छ। धनगढीको चकमेली र शिवनगरको सिमानामा निर्माणाधीन साँघुरो सडकमा एम्बुलेन्स खडा गरिएको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त एम्बुलेन्स गाउँपालिकालाई २०७६ कात्तिकमा दिएको थियो। छविस पाथिभेराको मटेला स्वास्थ्य चौकीलाई दिइएको एम्बुलेन्स चलाउन समस्या भएकाले सामाजिक विकास मन्त्रालयमा फिर्ता गर्न ल्याइएको मटेला स्वास्थ्य चौकीका इन्चार्ज भरत मोरले बताए।

प्रदेशका ९ जिल्लाका १६ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको थियो। भन्सार छुट बाहेक ६ करोड २५ लाख १२ हजारमा खरिद गरिएका एम्बुलेन्स त्यति बेला पनि विवादित भएका थिए। आधुनिक र सुबिधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी जिल्लामा चलाउन समस्या भएको गुनासो स्वास्थ्य संस्था र पालिकाले गर्दै आएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.