कञ्चनपुरको पुनर्वासमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा छोराले बुवाको हत्या गरेका छन् ।पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडकालाई आफ्ना बाबुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्ना ७१ वर्षका बुवा धनबहादुर खड्कालाई चिर्पट प्रहार गर्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीले भाग्न खोजेका गणेशलाई नियन्त्रणमा लिए अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.