डडेलधुराका गणेश भट्ट अभिनित जीवन साथीको म्युजिक भिडियो सार्वजनिक

अत्तरिया : ‘जीवन साथी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ। उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्।

मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ। गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ। मुकेश हुमागाईंको सिनेग्राफि रहेको गीतको निर्देशन शिवजी क्षेत्रीले गरेका छन्। म्युजिक भिडियोको छायाङ्कन कुलेखानी आसपासका रमणीय क्षेत्रमा गरिएको छ।
‘फिल्मी गीतका रूपमा रहेको जीवन साथीको अभिनयका लागि मैले सकेको मेहेनेत गरेको छु। गीतले दर्शकको मन जित्ने विश्वास छ। यसअघिका म अभिनित सबै गीतलाई दर्शकले रुचाइदिनु भएको छ। यो गीतलाई पनि उहाँहरूले रुचाउने विश्वास लिएको छु, अभिनेता भट्ट भन्छन्। उनले रोमाञ्चक गीत भएकाले युवा पुस्ताको मनमा बस्न सक्ने विश्वास लिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.