आईपीएलमा सट्टेबाजी गर्ने ४ जना पक्राउ

दार्चुला- इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति खलंगास्थित तिंकरखेडाको एक पसलबाट साढे तीन लाखभन्दा बढी नगद रूपैयाँसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सट्टेबाजी गर्ने मोहित र खलंगामा बस्ने इन्द्रसिह ऐरी, अविन अवस्थी, जनक बडाल र बिरू बुढाथोकी रहेका छन् । उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अदालतबाट बुधबार म्याद थप गरी यो कार्यमा को(को संलग्न छन्, अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.