बाजुराको शैक्षिक विकासमा योगदान दिने कृष्णबहादुर सिंह धनगढीमा सम्मानित

धनगढी : बाजुराको शैक्षिक विकासमा योगदान पु¥याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई धनगढीमा सम्मान गरिएको छ। बुढीगंगा नगरपालिकाले सिंहलाई आज धनगढीमा स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट सम्मान गरेको हो। छेडेदह गाउँपालिका–१ काँडा हाल कैलालीको धनगढी निवासी कृष्णबहादुर सिंहले त्यहाँको शिक्षामा महत्वपूर्ण भूमिका खेलेका थिए । सिंहलाई नगद १० हजार ५ रुपैयाँ सहित कदरपत्र र दोसल्लाह ओढाएर सम्मान गरेको हो

बुढीगंगा नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट सिंहलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। बाजुरा जिल्लाको शैक्षिक विकासमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले जानकारी दिए । नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.