धनगढी : कञ्चनपुरमा बाख्रा चराउन गएका एक जना नदी किनारमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको लालझाडी गाउँपालिका–४ जाँई बस्ने ४५ वर्षीय करन सिंह साउँद दोदा नदी किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी बाख्रा चराउन गएकोमा बेलुकासम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा नदीको किनारमा मृत भेटिएका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।