अत्तरियामा २५ लाखको लगानीमा निर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट सन्चालनमा आउने

अत्तरिया, १७ असार : कैलालीकोगोदावरी नगरपालिका अत्तरियामा नवनिर्मित नमस्ते ब्याटमिन्टन इन्डोर कोर्ट भोली सोमबार देखि सञ्चालनमा आउने भएको छ । नमस्ते होटेलले सुविधा सम्पन्न खेल मैदान निर्माण गरेको हो । आज पत्रकार सम्मेलन गरेरे कोर्टको बारेमा जानकारी दिएको हो । नमस्ते ब्याटमिन्टन इन्डोर कोर्टका सन्चालक लक्ष्मण धामी करिब २५ लाखको लगानीमा अत्याधुनिक कोर्ट बनाएको बताए । उनले रास्ट्रिय स्तरमा बनेका कोर्टहरु कै मापदण्डमा बनाइएको दाबी गरे । निजी क्षेत्रबाट ठुलो लगानीमा ब्याटमिन्टन इन्डोर कोर्ट निर्माण भएको भएपनि स्थानीय सरकारले अब खेल क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाई छ । सोही कार्यक्रममा बोल्दै गोदावरी –२ का वडा सदस्य एबम ब्याटमिन्टन खेलाडी देबराज भट्टले यस क्षेत्रमा ब्याटमिन्टन खेलको प्रभाब राम्रो हुँदै गएको र इन्डोर खेल मैदानको अभाब भएकाले अब सहज हुने बताए । उनले भने, बिगत केही बर्ष यता घर घरमा खेलाडीहरु कोर्ट बनाएर खेल्ने गरेका छन । अब यो मैदान बनेपछि सबै मौसममा खेल्न सहज हुन्छ । यसको बहुप्रयोग पनि गर्न सकिन्छ ।’ खेल मैदान बनेपछि यस क्षेत्रका खेलाडी र विद्यालयले पनि खेल मैदान प्रयोग गर्न सक्ने सन्चालक धामीको भनाई रहेको छ । नम्स्ते होटेलकै अगाडि खेल मैदन बनेको हो । इन्डोर कोर्ट निर्माण भएपछि जाडो, गर्मी र हुरी बतासको समयमा पनि सधैं खेल्न सहज हुने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.