स्याउलेमा वृक्षारोपण तथा सरसफाई

अत्तरिया, ११ साउन : गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहको स्याउले बजार व्यवस्थापन समितिले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार स्याउले सहरी स्वास्थ्य केन्द्रबाट वृक्षारोपण तथा सरसफाई कार्यक्रम
गरेको हो । समैजी मावि का रहेको स्काउट का विद्यार्थी तथा दुर्गाज्योति बोर्डिङ स्कुलका विद्यार्थीको सहयोगमा समितिले वडा नम्बर ८ का विभीन्न ठाँउहरुमा सरसफाई तथा वृक्षारोपण गरीरहेका छन् ।
समैजी मावि, स्याउले बजार, विश्वनाथ महादेव मन्दिर हुँदै दुर्गाज्योति बोर्डिङ स्कुलसम्म सरसफाई गरीने स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए । उनले यी सबै ठाँउहरुमा सरसफाई गर्दै वृक्षारोपण गरीने बताए । निम र तिमिलाका २ सय ओटा बिरुवा रोपीने देउवाले बताए ।
फोहोर व्यवस्थापन गर्ने र पर्यावरण स्वच्छ राख्ने उदेश्य सहित उत्त कार्यक्रमको आयोजना गरीएको देउवाको भनाई छ । आफ्नो ठाँउ आफै बनाउ भन्ने नारा लिएर समितिले वृक्षारोपण र सरसफाई कार्यक्रमको आयोजना गरीएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.