अत्तरिया : गोदावरी नगरपालिका २ अत्तरिया मा अवस्थित अत्तरिया हस्पिटलमा १ दिने निःशुल्क मुटुरोग सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अत्तरिया हस्पिटलले यही श्रावण १३ गते शनिबारका दिन मुटु रोग सम्वन्धी उचित स्वास्थ्य शिविर चेकजाँच हुने भएको अस्पताल ले जनाएको छ। उक्त दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव कार्की द्वारा निःशुल्क चेकजाँच गरिने भएको जनाएको छ।
उक्त शिविरमा निःशुल्क परामर्श ओपीडी सेवा,निःशुल्क औषधि सेवा साथै lab test मा २५% छुट, Echo मा २०% छुट ,एक्सरे र इसिजी सेवामा २५% सम्मको छुटका सेवाहरू उपलब्ध गराइएको हस्पिटलले जनाएको छ।